मा प्रकाशित
कनिका संवाददाता
जेठ २६, भरतपुर ।
चितवनमा सोमबार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा दुई चिकित्सकमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
भरतपुर कोरोना परीक्षण प्रयोगशालामा गरिएको नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।
तीमध्ये १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका हुन् । ती मध्ये चितवनको एक निजी अस्पतालमा काम गर्ने दुई जना चिकित्सकमा संक्रमण पुष्टि भएको हो। उनीहरू कुन अस्पतालको भन्ने कुरा खुलाइएको छैन ।