क्वारअन्टिनका महिलालाई प्याड, बालबालिकालाई सर्वोत्तम लिटो – Kanika Khabar
Friday, April 26Nepali News Portal

क्वारअन्टिनका महिलालाई प्याड, बालबालिकालाई सर्वोत्तम लिटो

    मा प्रकाशित

कनिका संवाददाता
दाङ, २६ जेठ
दाङका क्वारेनटाईनमा रहेका महिला तथ बालबालिकाहरुका लागी स्वास्थ्य तथा पोषणयुक्त सामाग्री सहयोग सुरु गरिएको छ । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडले क्वारअन्टिननमा रहेका महिला तथा बालबालिकाहरुकालागि सहयोग कार्यक्रम सुरु गरेको हो । क्वारअन्टिनमा रहेका महिलाहरुका लागि पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड सहयोग सुरु गरेको हो । महिलाहरुका लागि सेनेटरी प्याड र सातु एवं बालबालिकाहरुका लागि सर्बोत्तम लिटो सहयोग गरिएको छ । पहिलो चरणमा घोराही उपमहानगरपालिका वडा नम्बर १० र १८ का विभिन्न क्वारअन्टिनमा रहेका महिला, बालबालिका र अपाङ्ग व्यक्तिहरुलाई सहयोग गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० का क्वारअन्टिनमा रहेका ७ जना महिला एक जना अपाङ्ग व्यक्ति र १ जना बच्चाका लागि सामग्रीहरु सोमवार सहयोग गरिएको छ । संस्थाका वरिष्ठ प्रवन्धक लोकमणी रेग्मीले १० नम्बर वडाका सदस्य लक्ष्मी लम्साललाई सो सामग्री प्रदान गरेका हुन्। यसअघि घोराही उपमहानगरपालिका वडा नम्बर १८ का विभिन्न क्वारअन्टिनमा पुगेर संस्थाले महिला तथा बालबालिकाहरुलाई स्वास्थ्य तथा पोषणयुक्त सातु र सर्बोक्तम लिटो प्रदान गरिएको थियो । यसका साथै घोराही १० को मावि लमडरुवामा रहेको क्वारअन्टिनमा रहेका एक जना बालकका लागि दैनिक दुधको व्यवस्था पनि गरिएको संस्थाका वरिष्ठ प्रबन्धक रेग्मीले जानकारी दिए ।
क्वारअन्टिनमा रहेका महिला तथा बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरी संस्थाको तर्फबाट सहयोगको कार्यलाई अगाडि बढाएको संस्थाका प्रमुख कार्यकारी निर्देशक बिमला योगीले जानकारी दिइन् । ‘क्वारअन्टिनमा रहनुभएका दिदीबहिनीहरु र उहाँहरुका बालबच्चाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै हामीले सक्दो सहयोगको कार्यलाई अगाडि बढाएका छौँ’ उनले भनिन्-‘घोराहीबाट सुरु भएको यो सहयोगको अभियान अन्य स्थानीय तहहरुमा पुर्‍याउनका लागि सहकार्य भईरहेको छ ।’
नेपाल महिला सामुदायिक सेवा केन्द्रद्वारा सञ्चालन गरिएको महिला सामुदायिक सेवा केन्द्र कम्पनीद्वारा उत्पादित पोषणयुक्त सातु र सर्बोक्तम लिटो एवं लैंगिक पुर्नस्थापना केन्द्रद्वारा उत्पादित पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड सहयोग गरिएको योगीले जानकारी दिइन् ।
लकडाउनको समयमा दाङ, सल्यान, प्यूठान, रोल्पा जिल्लाका विभिन्न स्थानका विपन्न परिवारका लागि खाद्यान्य एवं स्वास्थ्य सामग्री सहयोग गरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्