कोरोना संक्रमितको शव व्यवस्थापनमा सकस : प्रदेश सांसदसहित जनप्रतिनिधिकै संलग्नतामा प्रहरीमाथि ढुङ्गामुढा – Kanika Khabar
Friday, April 26Nepali News Portal

कोरोना संक्रमितको शव व्यवस्थापनमा सकस : प्रदेश सांसदसहित जनप्रतिनिधिकै संलग्नतामा प्रहरीमाथि ढुङ्गामुढा

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २६, पोखरा ।

पोखरामा आइतबार राति निधन भएका ६० वर्षीय कोरोना संक्रमित वृद्धको शव व्यवस्थापनमा अवरोध भएको छ । अवरोध गर्नेमा जनप्रतिनिधिहरु समेतको उपस्थिति थियो

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, पोखरा महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष मोहन बास्तोला, वडा नं. २० का वडा अध्यक्ष सिम गुरुङ लगायतले नै शव व्यवस्थापनमा अवरोध गरेका थिए।

मृतकको जातीय परम्परा अनुसार शव गाड्न पोखराको रिठ्ठाघाट लगिएको थियो। मृतक गुरुङ समुदायका हुन्। शव बोक्नका लागि एम्बुलेन्स तयार नभएका कारण दिनभर शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकै आइसोलेसन कक्षमा रहेको थियो।

अवरोध गर्ने क्रममा जनप्रतिनिधि सहित स्थानीयको टोलीले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए। ढुङ्गामुढाका कारण ४ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

घाइते प्रहरीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै उपचार भइरहेको छ। शव व्यवस्थापनमा अवरोध पुर्याउने १६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

अन्ततहः प्रहरीले शव व्यवस्थापन गरेको छ । तर प्रहरी टोलीले जबरजस्ती शव व्यवस्थापन गरेको स्थानिएले बताए। शवको व्यवस्थापन पश्चिमाञ्चल अस्पतालबाट नजिकै पर्ने रामघाटमा गर्नुपर्ने भन्दै उनीहरुले प्रहरीलाई अवरोध गरेका थिए।

अरु ठाउँ भन्दा उपयुक्त भएर नै रिठ्ठाघाटमा शव व्यवस्थापन गरीएको मेयरले वताएका छान । खन्न मेसिन जान नसक्ने अवस्था आएपछि रिठ्ठाघाटमा शव व्यवस्थापन गरेको उनको भनाइ छ।

‘परिवारले परम्परा अनुसार गाड्न पाए हुन्थ्यो भन्ने इच्छा अनुसार सुरक्षाका उपाय अपनाएर ६ फिट गहिरो खाल्डोमा शव गाडिएको उनले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्