गएराति रुपन्देहीमा ५ जनाको हत्या – Kanika Khabar
Friday, January 17Nepali News Portal

गएराति रुपन्देहीमा ५ जनाको हत्या

    मा प्रकाशित

कनिका संवाददाता 
जेठ २७, बुटवल
रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारमा ५ जनाको हत्या भएको छ । कान्छीबजारको मैनहवास्थित भैँसीफर्ममा काम गर्ने ५ जनाको गएाति हत्या भएको स्थानीय प्रदीप थापाले जानकारी दिनुभयो । स्थानीय कृष्ण पुनको भैँसी फर्ममा काम गर्नेले ५ जना साथी कामदारको हत्या गरी फरार भएको थापाको भनाइ छ ।

मृतकहरू को को हुन् भन्ने खुलेको छैन । गोठमा काम गर्ने पाँचजनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खड्गबहादुर खत्रीले प्रहरी अहिले घटनास्थल जाँदै गरेको बताउनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्