नेकपा सचिवालय बैठक बस्दै : एमसीसी परियोजनाको बारेमा छलफल हुने – Kanika Khabar
Friday, April 19Nepali News Portal

नेकपा सचिवालय बैठक बस्दै : एमसीसी परियोजनाको बारेमा छलफल हुने

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २७, काठमांडौ ।

एमसीसी परियोजनाको बारेमा छलफल गर्न सत्तारूढ नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । बैठकमा एमसीसी परियोजनालाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल हुने नेताहरूले बताएका छन् ।

एमसीसीका बारेमा अध्ययन गर्न गठित नेकपाको कार्यदलले यथास्थितिमा एमसीसी परियोजना पारित गर्न नहुने निष्कर्षसहितको प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको भए पनि यस बारेमा नेकपामा एक मत बन्न सकेको छैन । सचिवालय बैठकअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरिसक्नुभएको छ ।

एमसीसीबारे अध्ययन गर्न पार्टीले गठन गरेको कार्यदलका संयोजक झलनाथ खनाल र भीम रावलले जस्ताको त्यस्तै पारित गर्न नहुनेमा जोड दिँदै आउनु भएको छ भने अर्का सदस्य प्रदीप ज्ञवालीले यसमा फरक मत राख्दै आउनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्