कोरोना बारेको तथ्याङ्क सार्वजनिक गर्न ब्राजिललाई विश्व स्वास्थ्य सङ्गठनको आग्रह – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोना बारेको तथ्याङ्क सार्वजनिक गर्न ब्राजिललाई विश्व स्वास्थ्य सङ्गठनको आग्रह

    मा प्रकाशित

कनिका डेस्क
जेठ २७, दाङ ।

नोबेल कोरोना भाइरससम्बन्धी तथ्याङ्क सार्वजनिक गर्न ब्राजिललाई विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ) ले आग्रह गरेको छ । कोरोनाका कारण मृतकको वास्तविक सङ्ख्या लुकाइरहेको भन्दै आलोचना भइरहेको बेला ब्राजिल सरकारले कोरोना भाइरसबाट समग्र सङ्क्रमित र मृत्युको तथ्याङ्क सार्वजनिक गर्न छाडेको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको अहिलेसम्मको समग्र मृतक र सङ्क्रमितको तथ्याङ्क हटाएर पछिल्लो २४ घण्टामा भेटिएका सङ्क्रमित र मृतकको तथ्याङ्क मात्र राखिएको थियो । डब्ल्यूएचओले ब्राजिलको यस कदममा चासो दिँदै तथ्य र पारदर्शिता अपनाउँदै विवरण सार्वजनिक गर्न भनेको हो ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा कोरोना भाइरसबाट ६ लाख ९१ हजार ७ सय ५८ जना सङ्क्रमित छन् भने ३६ हजार ४ सय ५५ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा चासो नदिएको भन्दै ब्राजिल सरकारको आलोचना हुँदै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्