नेकपाको सचिवालय बैठक स्थगित – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेकपाको सचिवालय बैठक स्थगित

    मा प्रकाशित

कनिका डेस्क
जेठ २७, दाङ ।
एमसीसीबारे छलफल गर्न बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ । एमसीसीबारे छलफल गरेर पारित गर्ने वा नगर्ने निर्णयमा पुग्न बोलाइएको सचिवालय बैठक समय नमिलेका कारण स्थगित भएको बताइएको छ ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न मंगलबार ४ बजे सचिवालय बैठक बोलाइएको थियो । तर अन्तिम समयमा स्थगित भएको छ ।
आइतबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलपछि सचिवालय बैठक बोलाइएको थियो ।

संसदको यसै अधिवेशनमा एमसीसी पारित गर्ने वा नगर्ने भन्ने टुंगो लगाउन नेकपामाथि दबाब छ । पार्टी स्रोतका अनुसरा पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्षको हावी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।

गत शनिबार प्रधानमन्त्री तथा अध्यक्ष समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलपछि मंगलबार बैठकको मिति तय भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्