यो क्वारअन्टिन हो कि मान्छे मार्ने कन्सर्न्ट्रेसन क्याम्प : गगन थापा (भिडियो सहित) – Kanika Khabar
Friday, April 26Nepali News Portal

यो क्वारअन्टिन हो कि मान्छे मार्ने कन्सर्न्ट्रेसन क्याम्प : गगन थापा (भिडियो सहित)

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २७, काठमाडौं ।

कोरोनाको लडाइँबाट सरकारले पार लगाउँदैन भन्ने आफ्नो निश्कर्ष प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा सुनाएको छ । आफ्ना प्रश्नहरु सरकारलाई राख्दै यसको जवाफ नदिए आफूहरु चुप लागेर नबस्ने भन्दै संसद अवरुद्ध हुनसक्ने संकेत गरेको छ ।

कोरोनाको लडाईं सरकारले पार लगाउँदैन भन्ने निश्कर्षमा कांग्रेस पुगेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद गगन थापाले बताए । सर्वज्ञानी प्रधानमन्त्रीको अहंकार तथा सरकारको अकर्मन्यता र असक्षमताको कारण कोरोना महामारी नियन्त्रण हुन नसकेको भन्दै कांग्रेसका तर्फबाट मृत्युको जिम्मेवारी, १० अर्व खर्च लगायतका विषयमा सरकारसँग जवाफ मागेका छन ।

कोरोना बाट नेपाल बाहिर १२७ जनाको मृत्यु भएको तथा नेपालमा ३७६२ संक्रमित र १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक रहेको भन्दै ‘के मृत्यु हुनेको संख्या १४ मात्रै हो ?’ कांग्रेस सांसद थापाले प्रश्न गरेका छन् ।
‘झुण्डिएर मरेका चन्द्रबहादुर परियार वा भोकबाट मारिएका सूर्यबहादुर तामाङ र औषधि खान नपाएर मरेकी कंकादेवी बोहरा वा सुत्केरी भएर अस्पताल जान नपाएकी लालकुमारी रोकायाको मृत्युको जिम्मा कस्ले लिन्छ रु क्वारेन्टिनमा मृत्यु भएको सुनिता लोहारको मृत्युको जिम्मा कस्ले लिन्छ रु झुण्डिएर मर्न बाध्य भएका लिला वल्लभ वा आत्मदाह गर्न बाध्य भएका सिद्धार्थ आहुजीको जिम्मा कल्ले लिन्छ ? भन्दै थापाले सरकारसँग जवाफ मागेका छन ।

संसदमा बोल्दै सरकारले कोरोना नियन्त्रणका लागि खर्च गरेको भनेको १० खर्ब कहाँ गयो भनेर उनले सोधेका छन् ।

पाँच वटा पिसिआर मेसिन र ३० हजार किट किनेको सरकारले अरु रकम कहाँ खर्च भयो भन्ने हिसाब देखाउँदै सरकार पारदर्शी बन्नुपर्ने उनले बताए । राष्ट्रिय विपत्तिको बेलामा स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचार गर्नु निर्लज्जताको पराकाष्भठा भएको उनले बताए ।

त्यस्तै सरकारी तथ्यांकअनुसार देशभरका क्वारअन्टिनमा १ लाख ७० हजार नागरिक रहेको छन् । उनीहरु मध्ये बहुसंख्यक भारतबाट आएका छन् । उनीहरुको उचित व्यवस्थापन नभएको भन्दै सांसद थापाले सरकारलाई प्रश्न गरेका छन्, ‘यो क्वारअन्टिन हो कि मान्छे मार्ने कन्सर्न्ट्रेसन क्याम्प हो । हामीलाई जवाफ चाहिन्छ ।’

साथै सबैले पिसिआर टेष्टको दायरा बढाऊ भनेर सुझाव दिएको बेला सरकारले भने परीक्षणको दायरालाई नै साँघुरो बनाएको भन्दै उनले आक्रोश पोखेका छन् । उनले सरकारलाई व्यंग्य गर्दै, बरु सरकार टेष्ट गर्नै बन्द गरिदेऊ, नेपाललाई कोरोना फ्रि भनिदेऊ। किनकि टेष्ट नगरपछि संक्रमण देखिँदैन ।

उनले कोरोना एन्टीवडी परीक्षणका लागि आरडीटी विधिको परीक्षण माथि प्रश्न उठाएका छन् । विज्ञहरु र स्वास्थ्य मन्त्रालयले आरडीटी टेष्ट काम लाग्दैन भनिरहँदा जबरजस्ती आडीटी टेष्टको गर्दै धमाधम कोरोना फ्रिको प्रमाणपत्र वितरण गर्ने अनि अर्को दिन संक्रमणबाट ज्यान जाने गराउने । यो अपराध हो, यो अपराधको जिम्मा कसले लिने हामीलाई जवाफ चाहिन्छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्