नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुग्यो – Kanika Khabar
Friday, March 29Nepali News Portal

नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुग्यो

    मा प्रकाशित

कनिका डेस्क
जेठ २७, दाङ ।
नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ३ सय २३ जनामा संक्रमण पुष्टि भएसँगै ४ हजार ८५ जना पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सङ्क्रमित हुनेमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ३ जना, इलामका १ जना, सुनसरीका १ जना, सप्तरीका ७ जना, चितवनका २४ जना, नवलपुरका १५ जना, धादिङका १ जना, कपिलवस्तुका १० जना, म्याग्दीका १ जना, बागलुङ ११ जना र धनुषाका ४५ जना रहेका छन् । त्यसैगरी महोत्तरीका ५० जना, सर्लाहीका १ जना, दाङका ६ जना, बाँकेका ९ जना, जुम्लाका २ जना, सल्यानका १२ जना, सुर्खेतका ४ जना, दार्चुलाका १० जना, कन्चनपुरका १९ जना, डडेलधुराका ७ जना रहेका छन् । कैलालीका १ जना, रुपन्देहीका २० जना, नुवाकोटका २ जना, रौटहटका २१ जना, सर्लाही १६ जना र सिरहाका १२ जनामा सङ्क्रमण देखिएको छ । इलाममा पहिलो पटक सङ्क्रमण देखिएको हो ।

यो सँगै सङ्क्रमित भएका जिल्लाको संख्या ७२ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्