ब्राजिल सन् २०२३ को महिला विश्वकप फुटबल आयोजना गर्ने दौडबाट पछि हट्यो – Kanika Khabar
Friday, May 23Nepali News Portal

ब्राजिल सन् २०२३ को महिला विश्वकप फुटबल आयोजना गर्ने दौडबाट पछि हट्यो

    मा प्रकाशित

कनिका डेस्क
जेठ २७, दाङ
ब्राजिल सन् २०२३ को महिला विश्वकप फुटबल आयोजना गर्ने दौडबाट पछि हटेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनासँगै अन्य विभिन्न कारणहरुले गर्दा विश्वकप आयोजनाको दाबेदारीबाट पछि हटेको ब्राजिलियन फुटबल फेडेरेसन सीबीएफले जनाएको छ ।

कोरोना महामारीको प्रभावका कारण परेको आर्थिक संकटका कारण सरकारले सहयोग गर्न नसक्ने भएपछि सीबीएफले दाबेदारी फिर्ता लिएको जनाएको छ ।

यस पटक भने ब्राजिलले विश्वकप आयोजनाका लागि दाबेदारी फिर्ता लिएको छ र अब अर्को दक्षिण अमेरिकन राष्ट्र कोलम्बियालाई समर्थन गर्ने जनाएको छ । यसले गर्दा दक्षिण अमेरिकी राष्ट्रको दाबेदारी अझ प्रभावकारी हुने सीबीएफले जनाएको छ ।

२०२३ को महिला विश्वकप आयोजना गर्ने होडमा अब कोलम्बियासँगै जापान अनि अष्ट्रेलिया र न्युजिल्याण्ड छन् । अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गर्ने दाबी पेस गरेको छ । २५ जुनमा फिफा काउन्सिलको अनलाइन मिटिङबाट विश्वकपको आयोजक तोकिने सम्भावना रहेको छ ।

कोरोना महामारीका कारण ब्राजिल दक्षिण अमेरिकामा सबैभन्दा धेरे प्रभावित देश हो । विश्व स्वास्थ्य संगठनका अुसार ब्राजिलमा कोरोनाबाट अहिलेसम्म ३५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्