टेस्लाका सीईओ अमेजनको एकाधिकारप्रति असन्तुष्ट – Kanika Khabar
Friday, April 26Nepali News Portal

टेस्लाका सीईओ अमेजनको एकाधिकारप्रति असन्तुष्ट

    मा प्रकाशित

कनिका डेस्क
जेठ २७, दाङ
अमेरिकी कम्पनी टेस्ला तथा स्पेस एक्सका प्रमुख एलोन मस्कले हालै माइक्रो ब्लगिङ साइट ट्विटरबाट बिदा लिने घोषणा गरेर चर्चा कमाएका थिए । त्यो चर्चा सेलाउन नपाउँदै मस्कले फेरि अर्को तहल्का मच्चाएका छन् । उनले विश्वको सबैभन्दा ठूलो इ कमर्स कम्पनी अमेजनसँग ब्रेकअप गर्ने बेला आएको बताएका छन् ।

लेखक एलेक्स बेरेन्सनको ट्विटमाथि प्रतिक्रिया दिँदै उनले एकाधिकार गलत भएको र अमेजनसँग नाता तोड्ने बेला भएको बताए। आफूले लेखेको कोरोना भाइरससम्बन्धी पुस्तक अमेजनको बिक्री निर्देशिका बमोजिम नरहेको भनी लेखक एलेक्सले अमेजनबाट प्राप्त जानकारीको स्क्रिनसटसहित ट्विट गरेका थिए ।

खक एलेक्स कोरोना भाइरस महामारीका नाममा भइरहेको विश्वव्यापी लकडाउन विरुद्ध छन् । कोरोना भाइरसबाट बिरामी पर्ने तथा ज्यान गुमाउने जोखिम प्रचार भएजस्तो अधिक नरहेको उनको दाबी छ। एलेक्सले ट्विटमा लेखेका थिए, ‘उनीहरूले यो पुस्तकलाई सेन्सर गरे । यो पूर्णरुपमा प्रकाशित सरकारी डाटा तथा अनुसन्धानपत्रहरूमा आधारित थियो ।

यसमा कोरोना भाइरस यथार्थ होइन र यसले मानिस मार्दैन भनिएको छैन । तर अमेजनले यसलाई लिन मानेन ।’ सोही ट्विटमा टिप्पणी गर्दै बेजोसले भने, ‘यो पागल काम हो । अब अमेजनसँग ताना तोड्ने बेला भएको छ । एकाधिकार गलत हो ।’ आफ्नो प्रक्रियामा उनले अमेजन सिइओ जेफ बेजोसलाई मेन्सन गरेका छन् ।

यद्यपि बेजोसको उक्त कडा प्रतिक्रियापछि अमेजन गलेको छ । अमेजनले एलेक्सको सो बुक त्रुटिवश हटेको भन्दै अहिले आफ्नो साइटमा राखिसकेको र लेखकसँग पनि सम्पर्कमा रहेको जनाएको छ । त्यो सँगै सो पुस्तक अमेजनमा उपलब्ध भयो । पुस्तकका लेखकले एलोन मस्कलाईलगायत आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

स्मरण रहोस् मनमा लागेको कुरा खरो गरी बोलिहाल्ने स्वभावका कारण अर्बपति मस्क बेला बेलामा चर्चामा आइरहन्छन् । उनी पनि कोरोना महामारीको कारण गरिएको लकडाउन विरोधी हुन् । उनले लकडाउनको निहुँमा टेस्ला कम्पनी खोल्न नदिइएमा क्यालिफोर्निया राज्यविरुद्ध मुद्दा हाल्ने चेतावनी समेत दिएका थिए । तर पछि वार्ताबाट सम्झौता भएसँगै उनले आफ्नो उजुरी फिर्ता लिएका थिए ।

गत जुन २ तारेखमा उनले आफूले ट्विटरबाट विदा लिएको भनी ट्विट गरेका थिए । तर त्यसको ४८ घण्टा पनि नबित्दै उनी पुनः ट्विटरमा देखा परे ।
(एजेन्सी)

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्