रुपन्देहीमा हत्या गरिएका पाँचै जनाको परिचय खुल्यो – Kanika Khabar
Sunday, April 19Nepali News Portal

रुपन्देहीमा हत्या गरिएका पाँचै जनाको परिचय खुल्यो

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २७, रुपन्देही
हत्या भएकाहरुमा जानकी मुसहर, माधव मुसहर, पोषराज मुसहर, करुण चौधरी र आशिष चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
माधव र जानकी श्रीमान श्रीमती रहेको पनि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए । तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छी बजारको मैनहवामा एक महिला र ४ पुरुष गरी पाँच जनाको सामुहिक हत्या भएको हो । मैनहवामा स्थानीय कृष्ण पुनले सञ्चालन गरेको गंगादेवी पशु फार्ममा काम गर्ने ६ जना मध्ये ५ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीले सुर्खेतका झपेन्द्र सिंजालीलाई पक्राउ गरेको छ । घटनास्थलमा कोदालो भेटिएकाले हत्यामा कोदालो प्रयोग भएको हुनसक्ने आशंका गरिएको खत्रीले बताए । फार्ममा ६ जना कामदार थिए । पक्राउ परेका सिंजाली पनि फार्मका कामदार हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्