महिला पत्रकारलाई प्रेस ज्याकेट र मास्क – Kanika Khabar
Thursday, March 28Nepali News Portal

महिला पत्रकारलाई प्रेस ज्याकेट र मास्क

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २७, दाङ ।
नेपाल पत्रकार महासघ दाङले महिला पत्रकारका लागि आज प्रेस ज्याकेट र मास्क प्रदान गरेको छ । नेपाल पत्रकार महासघ दाङका अध्यक्ष सबिन प्रियासनले कोरोनाको जोखिमका बिच पनि अग्रपङतिमा रहेर रिपोर्टिङमा खटिएका पत्रकार महिलाहरुलाई थप हौसला र ऊर्जा प्रदान गर्नका लागि मास्क र ज्याकेट उपलब्ध गराइएको बताए ।
नेपाल पत्रकार महासघ दाङका अध्यक्ष सबिन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने महिला पत्रकारहरुले जोखिमको बेला महासंघले संस्थागत रुपमा देखाएको अभिभावकीय भुमिकाको सराहना गरेका थिए । उनीहरुले नेपाल पत्रकार महासंघ दाङले जिल्लाका महिला पत्रकारको समस्यालाई गम्भीरताका साथ लिन पनि आग्रह गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्