चीनमा भीषण वर्षापछि आएको बाढीले ८ जनाको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

चीनमा भीषण वर्षापछि आएको बाढीले ८ जनाको मृत्यु

    मा प्रकाशित

एजेन्सी

चीनको दक्षिणपश्चिम प्रान्त क्विझाओमा केही दिनदेखि अविरल वर्षापछि आएको बाढी र डुवानका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

स्थानीय विपत व्यवस्थापन विभागले दिएको जानकारी अनुसार वर्षाका कारण दुई लाख १५ हजारभन्दा बढी व्यक्ति प्रभावित बनेका छन् ।

मे ३१ गतेदेखि निरन्तर परेको वर्षाका कारण कम्तीमा आठ शहर प्रभावित बनेका छन् भने हजारौँ नागरिकलाई सुरक्षितस्थलमा सारिएको छ ।

मङ्गलबार बाढीका कारण कम्तीमा १० हजार ७०० हेक्टर जमिनको वाली र दुई हजार ८६६ घरहरूमा क्षति पुगेको जनाइएको छ ।

क्विझाओ प्रान्तले बाढी तथा डुवानबाट बढी प्रभावित क्षेत्रमा ६८ लाख युआनसहित विपत व्यवस्थापनका लागि आवश्यक सामानहरू तत्काल राहतका रूपमा पठाएको जनाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्