कालिकोटमा टिपर दुर्घटना, दुइ जनाको मृत्य, दुइ जना वेपत्ता – Kanika Khabar
Friday, April 19Nepali News Portal

कालिकोटमा टिपर दुर्घटना, दुइ जनाको मृत्य, दुइ जना वेपत्ता

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २८, कालिकोट
कालिकोटको नहहरीनाथ गाउँपालिका लालीघाट बजार नजिकै टिपर दुर्घटना हुँदा दुइ जनाको घटनास्थलमै मृत्यु भएको छ । क्षमताभन्दा बढी मानिस बोकेको टिपर दुर्घटना हुदाँ टिपरमा सवार ३८ जना कर्णाली नदीमा खसेका थिए । टिपर नदीमा खसेपश्चात ३४ जनाको स्काभेटरको सहायताले उद्धार गरिएको छ भने दुइ जना वेपत्ता रहेका छन् ।

आएका नागरिकलाई झारेर गाउँपालिकाले कर्णाली करिडोरको सडकमा पालिकाकै टिपरमा गाउँसम्म पु¥याउने व्यवस्था मिलाएको थियो । आज बिहान १० बजेतिर भारतबाट आएकालाई क्वारेन्टाइनतर्फ लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिपर लालिघाट नजिकै करिब ५० मिटर तल नदीमा खसेको हो ३८ जना मध्ये ३४ जनाको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । प्रहरीका अनुसार उद्धार गरिएका मध्ये चार जनाको अवस्था गम्भिर छ ।

उनिहरुलाई उपचारका लागि जिल्ला अस्पताल कालिकोट पु¥याइएको छ । तर दुइजनाको अवस्था गम्भिर भएकाले जिल्लामा उपचार हुन नसकेपछी कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री सहितको टोलीले हेलिकोप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश राजधानी सुर्खेत पु¥याएको छ । वाँकीको स्वास्थ्य अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी यक्षराज जोशीले जानकारी दिनुभयो । मृत्यु हुनेमा रास्कोट नगरपालीका दुइका २३ वर्षका शर्मिला सार्की र २१ वर्षका ठम्की सार्की रहेका जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।

बेपत्ताको खोजि कार्यमा अहिले नेपाली सेना र स्थानीय प्रशासन खटिरहेको छ । टिपर दुर्घटना हुनुको कारण चालक र यात्रुको सामान्य विवादपछि चालकले आफु हाम्फालेर टिप्पर फालेको स्थानीयले बताएका छन् । चालक रंगनाथ धमलालाई सामान्य चोटपटक पनि नलागेको जनाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्