रुपन्देही हत्याकाण्डका आरोपित सिंजालीले स्वीकार गरे अभियोग – Kanika Khabar
Wednesday, November 12Nepali News Portal

रुपन्देही हत्याकाण्डका आरोपित सिंजालीले स्वीकार गरे अभियोग

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २८, वुटवल
पाँच जनाको सामूहिक हत्या गरेको आरोपमा पक्राउ परेका झसेन्द्र सिंजालीले अभियोग स्वीकारेका छन।

आफ्नो चरित्र हत्या गर्ने गरेका कारण सबैलाई ठीक लगाउन हत्या गरेको उनको दाबी छ ।

तिलोत्तमा–१० मैनहियामा रहेको गंगादेवी पशु फार्मका तीनजना कामदारसहित स्थानीय दुई किशोरको सोमबार राति सामूहिक हत्या भएको थियो । हत्यामा अभियोगमा सुर्खेतको लेकबेंसी गाउँपालिका–५ का ३१ वर्षीय सिंजालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फार्ममा काम गर्ने माधव मुसहर र उनकी श्रीमती जानकीले मेरो चरित्र हत्या गरे । गाँउ भरीनै चर्चा चल्यो । त्यसैको प्रतिसोधमा उनिहरलाई तह लगाउन यो घटना घटेको बयान झसेन्द्रले दिएको रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले बताए ।

जेठ २७ गते राति सबै बसेर मदिरा सेवन गरेका थियौं । सो समयमा पनि उनीहरुले आक्षेप लगाउन छाडेनन् । त्यही आक्षेपका कारण एक्कासी आवेशमा आएर उनीहरुको हत्या गरेको बयान सिंजालीले दिएका छन् । अरु दिन माधव र उनकी श्रीमती छुट्टै घरमा सुत्ने गरेपनि त्यसदिन हत्या गर्ने योजना अनुसार सिंजालीले भैंसी गोठमै बोलाएर मदिरा खुवाएका थिए । ‘सुरुमा सबै जनालाई लठ्ठीले हिर्काएर अचेत बनाएको र फरुवाले हानेर ज्यान लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’ घटनाको अनुसन्धानमा संलग्न प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरक्षिक राजकुमार वैदवारले भने ।

सिंजालीले केही दिन अगाडि मुसा मार्ने विष समेत किनेर राखेको खुलेको छ । अभियुक्त सिंजालीलाई जिल्ला अदालत रुपन्देहीबाट कर्तब्य ज्यान मुद्दामा एक हप्ता म्याद थप गरी अनुसन्धान भइरहेका छ भने मृतकहरुको भिसेरा र रगतको नमुना संकलन गरी प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाउन लागिएको वैदवारले जानकारी दिए ।

पाँच जनाको हत्यामा अहिलेसम्म सिंजाली बाहेक अरुको संलग्नता वा योजनाको कुनै संकेत नभेटिएको प्रहरीले बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्