३ सय महिला श्रमिक भोलि कुवेतबाट फर्कदै – Kanika Khabar
Friday, March 29Nepali News Portal

३ सय महिला श्रमिक भोलि कुवेतबाट फर्कदै

    मा प्रकाशित

कनिका डेस्क
जेठ २८, दाङ
कुवेतबाट करिब ३ सय महिला श्रमिक फर्किने भएका छन् । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका करिब ३ सय श्रमिक महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो ।

फर्किनहरु आममाफी प्रक्रिया सामेल भएकाहरु हुन् । सबै प्रक्रिया टुंग्याएर भोलिका लागि दुई वटा उडान तय भएको कुवेतमा लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताए । बुधबार नै एउटा उडान गर्ने तयारी भएपनि प्रक्रिया नटुंगिएका कारण भोलिबाट मात्रै कुवेतबाट श्रमिक फर्किने भएका हुन् ।

करिब २९ सय नेपाली कुवेतमा विभिन्न क्याम्पपमा आममाफीको प्रक्रिया पुरा गरेर बसेका छन् । क्वारेन्टाइन बनाइएका विभिन्न क्याम्पमा बसेर वैशाखको तेस्रो हप्तादेखि उनीहरु स्वदेश फर्किने अनुमति कुरिरहेका थिए । उनीहरूले छिटो अनुमति दिनका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएका थिए ।

यद्यपि कुवेत सरकारले त्यतिबेलै उनीहरूलाई आफ्नै जहाजमा काठमाडौं एयरपोर्ट ल्याइदिन तयार रहेको बताएको थियो । नेपालले अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध लगाएकाले समस्या भएको थियो ।

तर, अब सरकारले विदेशमा अलपत्रलाई ल्याउन प्रक्रिया सुरु गरेपछि कुवेतबाट पनि जहाज आउन अनुमति दिइएको हो । अब क्रमैसँग क्याम्पमा बसेका अन्य श्रमिक पनि नेपाल आउन पाउनेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्