बिहीबारदेखि असार ७ गतेसम्म चितवनको माडी नगरक्षेत्र सिल – Kanika Khabar
Saturday, May 30Nepali News Portal

बिहीबारदेखि असार ७ गतेसम्म चितवनको माडी नगरक्षेत्र सिल

    मा प्रकाशित

कनिका डेस्क
जेठ २८, दाङ

बिहीबारदेखि असार ७ गतेसम्म चितवनको माडी नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले माडी नगरक्षेत्र सिल गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै समन्वय समितिको बुधबार बसेको बैठकले अत्यावश्यकीय सवारी साधनबाहेक माडी प्रवेश गर्ने र बाहिर जाने कार्यलाई पूर्णरुपमा बन्देज लगाउने निर्णय गरेको छ।
अति आवश्यक कामले घर बाहिर निस्कनु परेमा सुरक्षाकर्मीलाई जानकारी गराउनुको साथै सामाजिक दुरी कायम गरी मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्