योगी आदित्यनाथलाई प्रधानमन्त्री ओलीको जवाफ : नेपाल हेपिन तयार छैन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

योगी आदित्यनाथलाई प्रधानमन्त्री ओलीको जवाफ : नेपाल हेपिन तयार छैन

    मा प्रकाशित

कनिका डेस्क
जेठ २८, दाङ

भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपालबारेको पछिल्लो अभिव्यक्तिको प्रधानमन्त्री ओलीले निन्दा गरेका छन् । उनले नेपाललाई हेप्न खोजेको हो भने आफूहरू हेपिन तयार नभएको बताए ।

गतबुधबार महामन्त्री योगी आदित्यनाथले भारत लखनउमा इन्डोएसियन न्युज सर्भिसलाई दिएको अन्तर्वार्तामा नेपालले आफ्नो देशको राजनीतिक सीमा निर्धारण गर्नुभन्दाअघि त्यसबाट उत्पन्न हुने परिणामका बारेमा सोच्नुपर्ने अभिव्यक्ति दिएका थिए । ‘तिब्बतले के गल्ती गरेको थियो भन्ने पनि नेपालले सम्झिनुपर्छ’ भनी उनले धम्कीपूर्ण भाषा बोलेका थिए ।

यागि आपदत्यनाथको विषयमा कांग्रेस सांसदहरूले सरकारको धारणा माग गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले यसो भने– ‘आदित्यनाथ योगीजी, उत्तरप्रदेशका मुख्यमन्त्रीले बोल्नुभयो भन्ने कुराहरू आएको छ । यदि उहाँले त्यसरी बोल्नुभएको हो भने त्यो जायज होइन । त्यसरी नेपाललाई यदि धम्क्याउन खोज्नुभएको हो भने उचित होइन । अहिले त्यति भनौं( उहाँको बोलाइ उहाँ केन्‍द्र सरकारको निर्णायक व्यक्ति पनि नभएको र तैपनि उहाँ मुख्यमन्त्रीको हिसाबले त्यस्तो बोल्नुभएको हो भने त्यो नबोलिनुपर्थ्यो । बोल्नुभएको हो भने अलोच्य विषय हो । त्यसरी नेपाललाई धम्की दिनुभएको हो भने निन्दनीय विषय हो । त्यसलाई नेपालमाथिको हामी एउटा अवहेलनाका रुपमा बुझ्छौं । नेपाल हेपिन तयार छैैन, हेपिन मान्दैन भन्ने कुरा म योगीजीलाई स्मरण गराउन चाहन्छु ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्