१० अर्बको होइन, कोरोनाको चिन्ता गरौं : प्रधानमन्त्री – Kanika Khabar
Thursday, November 30Nepali News Portal

१० अर्बको होइन, कोरोनाको चिन्ता गरौं : प्रधानमन्त्री

    मा प्रकाशित

कनिका डेस्क
जेठ २८, दाङ

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको दाबी प्रधानमन्त्री ओलीले अस्वीकार गरेका छन् ।

हाम्रो प्रवृत्ति जेमा पनि अनियमितता देख्ने रहेको भन्दै उनले त्यसमा नबग्न सांसदहरूलाई आग्रह गरे । दिनैपिच्छे लेखापरीक्षण नहुने र अहिले काम गर्ने बेला भएको भन्दै उनले भने, ‘हरहिसाब आफ्नो प्रक्रियाबाट आउँछ । महालेखाको प्रतिवेदन आउँछ, त्यसमा रुजुबेरुजु आउँछ । आन्तरिक लेखा परीक्षण भइरहेको हुन्छ, त्यो पनि आउँछ । अहिले हिसाबको चिन्ता नगरौं, कोरोनाको चिन्ता गरौं ।’

यति भनिरहदा मैले यो भएको हुनै सक्दैन भनेर दाबी गर्दिनँ । भएकै छ भनेर सोच्नुपर्ने स्थिति पनि नदेख्ने बताए ।

महामारीको समयमा पनि पनि कसैले भ्रष्टाचार गर्छ भने कुनै हालतमा सहृय नहुने भन्दै उनले छानबिन गरेर दोषी पाइएकाहरूलाई कारबाही गर्ने बताए । तर अहिले काम गरिएको स्थानीय र प्रदेश सरकारलाई शंका गर्न नहुने भन्दै प्रधानन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्न पर्खिएर बसेका थिए, अलिकति रकम पाउन साथ अनियमिता गरे भनेर आशंका गर्नुपर्ने स्थिति होइन ।’

साथै प्रधानमन्त्री ओलीले खरिद नगर्दा भएन भन्ने र खरिद गर्नासाथ भ्रष्टाचार देख्ने गरेको गुनासो गरे । सेनालाई औषधि खरिदमा संलग्न गरेको भनेर भएको विरोधको पनि उनले प्रतिरोध गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्