केस अनुसन्धान तथा खोज पड्ताल समूह गठन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

केस अनुसन्धान तथा खोज पड्ताल समूह गठन

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २८, दाङ ।
घोराही उपमहानगरपालिकाले कोरोना संक्रमित व्यक्तिहरुको सम्पर्क स्थिति पत्ता लगाउन केस अनुसन्धान तथा खोज पड्ताल समूह गठन गरेको छ ।
नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार कोरोना महामारी नियन्त्रण गर्न संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको अवस्था पत्ता लगाउन जनस्वास्थ्य अधिकृतको नेतृत्वमा तीन वटा समूह गठन गरेको हो । ए, बि र सी समूहमा ९ जना स्वास्थ्यकर्मीको समूह उक्त अनुसन्धानमा खट्ने भएका छन् । ए समूहमा जनस्वास्थ्य अधिकृत विकेश रेग्मीको नेतृत्वमा १ देखि ६ नम्बर वडाको जिम्मा स्वास्थ्य सहायक सपना पुनमगर र ल्याब सहायक माया मगरलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी बि समूहमा स्वास्थ्य सहायक कुमार दुलालको नेतृत्वमा ७ देखि १३ नम्बर वडाको स्वास्थ्य सहायक दुर्गा गोराथोकी र ल्याब सहायक देवका चौधरीलाई जिम्मेवारी दिएको छ । सि समूहमा स्वास्थ्य सहायक भरत बुढामगरको नेतृत्वमा १४ देखि १९ वडाका जिम्मेवारी अहेब केशब धिताल र ल्याब सहायक बालकृष्ण चौधरीलाई दिइएको छ । तीन वटै समूहले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी र अबस्थाका बारेमा जाँचबुझ गर्ने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्