कनिका संवाददाता
जेठ २८, काठमाडौं ।
पाटन अस्पतालको पोटेबल अल्ट्रासाउण्ड मेसिन चोरीको अभियोगमा दुई जना स्वास्थ्यकर्मी पक्राउ परेको छन् । प्रहरीले चोरीमा संलग्न भएको अभियोगमा दुई जना स्वास्थ्यकर्मीलाई पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सर्लाही घर भएका एमबीबीएस डाक्टर प्रविण मिश्र र महोत्तरी घर भएका अहेब रमेशकुमार शर्मा छन् ।
महानगरीय प्रहरी परिसर, जावलाखेलले चोरीमा संलग्नता देखिएपछि उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथि चोरी सम्बन्धी कसूरमा म्याद थपेर विस्तृत अनुसन्धान थालिने अनलाइनखबरलाई बताए ।
चोरी भएको सामान बानेश्वरबाट बरामद गरिएको थियो ।