कनिका खबर
जेठ २९, काठमाडौं
क्यान्सर उपचारमा चर्चित भक्तपुरको क्यान्सर अस्पताल समस्यामा परेको छ । अस्पतालका लागि दैनिक अति आश्वयक सामानहरुको भुक्तानीको चेकमा व्यवस्थापन समितिले हस्ताक्षर नगरिदिंदा दैनिक कामकाजमा समस्या परेको हो ।
भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी संघका अध्यक्ष शिवराम धुख्वाले प्रेस विज्ञप्ति प्रकाशित गरी अति आवश्यक सेवाका चेकहरुमा भुक्तानी दिन व्यवस्थापन समितिबाट हस्ताक्षर नुहँंदा दैनिक अति आवश्यक सेवाहरुको अभावमा समस्या भएको जनाइएको छ । अस्पतालमा भ्रष्टाचार भएको भन्दै पुरानो समिति भंग गरी स्थानीय निकायको रुपमा रहेको भक्तपुर नगरपालिकाले झण्डै वर्षदिन अघि नयाँं व्यवस्थापन समिति गठन गरेको थियो ।
यसो हुँदा दुई वटा व्यवस्थापन समिति भई दुईपक्षवीच द्वन्द्व थियो । तर अहिले नयाँं व्यवस्थापन समिति निश्क्रिय छ । यही द्धन्द्धका कारण पुरानो व्यवस्थापन समितिले अस्पताल सञ्चालनमा अवरोध सृजना गर्न प्रयासरत छ । अस्पतालको पुरानो व्यवस्थाप समितिले भ्रष्टाचार गर्न मिल्ने ठाउँंका चेकहरुमा चाहिं धमाधम हस्ताक्षर गरिरहेको तर भ्रष्टाचार गर्न नमिल्ने अस्पताललाई दैनिक अति आवश्यक समानहरुका चेकहरुमा हस्ताक्षर नभई समस्या पार्ने प्रयास भइरहेको आरोप कर्मचारीहरुले लगाएका छन् ।
मा प्रकाशित