प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी – Kanika Khabar
Friday, January 17Nepali News Portal

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी

    मा प्रकाशित

कनिका डेस्क
जेठ २९, दाङ

पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । प्रधानमन्त्रीविरुद्ध पोखराको राष्ट्र बैंक चोकमा भेला भएका युवाहरुले नाराबाजी गरेका हुन् ।

प्रधानमन्त्रीका कारण जनताले दुख पाएको, कोरोना महामारीको समयमा सरकारले काम नगरेको, लकडाउनको मारमा परेका व्यवसायीसँग कर लिन खोजेको भन्दै उनीहरुले विभिन्न नारा लेखेको प्लेकार्ड प्रदर्शन र नाराबाजी गरेका छन् ।

नेपालको राष्ट्रिय झण्डा बोकेर नाराबाजी गरेका थिए । प्रहरीले हस्तक्षेप गरी प्रदर्शनमा सहभागि केही युवाहरुलाई पक्राउ गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्