सर्वोच्च अदालतले भन्यो : लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

सर्वोच्च अदालतले भन्यो : लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने

    मा प्रकाशित

कनिका डेस्क
जेठ २९, दाङ

तत्काल कर बुझाउनुपर्ने सरकारको सूचना कार्यान्वयनलाई सर्वोच्च अदालतले रोक लगाइदिएको छ । लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने भनी न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा. मनोज शर्माको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

कर तिर्न आन्तरिक राजस्व विभागले जारी गरेको सूचना जेठ २० गतेबाट बढाएर असार ५ पुर्‍याएको थियो । अधिवक्ता सिर्जना अधिकारीलगायतले कर तिर्न ताकेता गरेको सूचनाले व्यवसायीहरु मारमा परेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

लकडाउन खुलेको मितिलाई प्रारम्भविन्दुको रुपमा मान्नुपर्ने सर्वोच्च अदालतले आदेश गरेको छ । यद्यपि यसअघिको फैसलामा सार्वजनिक यातायात खुलेपछिको अवस्थालाई लकडाउन खुलेको मानिने भनी व्याख्या गरेको थियो । यो आदेशमा भने त्यसबारे स्पष्ट खुलाइएको छैन ।

बुधबारको सुनुवाइपछि भएको अन्तरिम आदेशको विवरण बिहीबार सर्वोच्च अदालतले सार्वजनिक गरेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्