गाईकाे मासुसहित ६ जना पक्राउ – Kanika Khabar
Wednesday, April 22Nepali News Portal

गाईकाे मासुसहित ६ जना पक्राउ

    मा प्रकाशित

कनिका संवाददाता

जेठ २९, दाङ ।

दाङमा प्रहरीले हिजाे बुधबार पाँच किलो गाईको मासुसहित ६ जनालाई पक्राउ गरेको छ । गाईको बाच्छीलाई काटी मासु बोरामा राखेर हिडिरहेको समयमा घोराही उपमहानगरपालिका–५ पिपलटाकुरा फुलवारी टोलबाट प्रहरीले बुधवार राति आठ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

‘गाईको बाच्छी काटेर मासु भाग लगाएर हिडिरहेको समयमा ५ किलो मासुसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो’–डिएपसी खड्काले भने–‘पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भैरहेको छ ।’ पक्राउ परेका व्यक्तिहरुलाई गाईगोरु काट्न वा मर्न नपाइने २०७५ भाग २ परिच्छेद २७ को दफा २८९ अनुसार कारवार्ही पक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्