‘सालिन’ अभियानको गर्विलो चुनावी ‘रेस’ – Kanika Khabar
Friday, May 17Nepali News Portal

‘सालिन’ अभियानको गर्विलो चुनावी ‘रेस’

    मा प्रकाशित

May be an image of 8 people and text that says 'राष्ट्ियता।। लोकतन्त्र।। समाजवाद अग्रजलाई सम्मान. युवालाई प्रोत्साहन नेपाली कांग्रेसको 98 औ महाधिवेशन भव्यताका साथ सफल पारौ अभियान बस्नेत नेपाली कांग्रेस दाड क्षेत्र नं. 2 (ख) को प्रदेश सभापतिको उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराओ सम्पर्क: ९て५७て३०८१९ यहाहरुको साथ सहयोग सदभाव र अमूल्य मतको अपेक्षा गर्दछु जय नेपाल'

कार्तिक २७, दाङ ।
नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको चटारो बाक्लिदै जान थालेको छ । अधिकांश स्थानमा वडा र नगर अधिवेशन सकिसकेको काङ्ग्रेसले आज शनिबार १३ वटा जिल्लामा वडा अधिवेशन गर्न थालेको छ ।

वडा र नगर अधिवेशन सकिसकेको दाङ काङ्ग्रेस प्रदेश र संघीय अधिवेशनको दौडानमा व्यस्त छ । काङ्ग्रेसको पछिल्लो तालिका अनुसार आगामी मंसिर ३ गते प्रदेश अधिबेशन र ६ गते क्षेत्रीय (संघीय) अधिवेशन रहेको छ ।

यतिबेला दाङ काङ्ग्रेसको चुनावी दौड दुबै तहका अधिवेशनका लागि चलेको छ ।

May be an image of 12 people, people standing, outdoors and tree
दाङ क्षेत्र नं २ (ख)को प्रदेशको अधिवेशनमा सभापति पदको उम्मेदवारका सालिन व्यक्तित्व अभियान बस्नेतले आफूलाई उभ्याएका छन् । २०६५ सालदेखि काङ्ग्रेसको भार्त संगठन नेपाल तरुण दलमा आवद्ध रहेर औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका बस्नेत ०६५ सालमा तरुण दल दाङका कोषाध्यक्षको जिम्मेवारी वहन गरी राजनीतिमा देखिएका हुन् । त्यसो त अहिले पनि बस्नेत तरुण दल दाङका कोषध्यक्ष रहेका छन् ।

२०३५ साल कार्तिक २४ गते जन्मिएका बस्नेत पार्टी पङ्ति तथा समाजमा सालिन व्यक्तित्वका रुपमा चिनिदै आएका छन् । सामाजिक अभियन्ताका रुपमा आफूलाई परिचित बनाउँदै आएका बस्नेत नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष, विपि स्टडी युथ सर्कलका केन्द्रीय सदस्य तथा कनिका खबर अनलाइन न्युज पोर्टलका अध्यक्ष तथा लायन्स क्लव अफ नारायणपुरका उपाध्यक्ष समेत रहेर विभिन्न क्षेत्रमा आफ्नो संलग्नतालाई अब्लल सावित गर्दै आएका छन् ।

सामाजिक कार्यमा बढी रुचिकर रहेका बस्नेत पछिल्लो चरणमा राजनीतिमा आफूलाई अब्बल सावित गर्दै आएका छन् । चौधौ अधिवेशनमा घोराही उपमहानगरपालिका वडा नं. १० बाट लोकप्रिय मत लिएर क्षेत्रीय प्रतिनिधिका विजयी भएका बस्नेत अहिले प्रदेश सभापतिको ‘रेस’ मा छन् ।

बस्नेतले लालबहादुर गिरीसँग चुनावी प्रतिस्पर्धा गर्न थालेका छन् ।  कडा प्रतिस्पर्धाका चुनावी ‘रेस’मा बस्नेत रहेका छन् ।

May be an image of 9 people, people sitting and people standing

सामाजिक छवि जत्तिकै राजनीतिक छविलाई उचाई दिंदै आएका बस्नेत चुनावी दौडमा विजय प्राप्त गर्ने कुरामा विश्वस्त रहेका छन् । ‘ सामाजिक तथा राजनीतिक क्षेत्रमा मैले अहिलेसम्म देखाएको सक्रियता, राजनीतिका क्षेत्रमा मैले गरेको योगदान, काम तथा अग्रज नेतागणबाट प्राप्त गर्दै आएको सदाशयता, राजनीतिक समकक्षीहरुबाट प्राप्त गरेको साथ, सहयोग र अनुजबाट प्राप्त गर्दै आएको सम्मान मेरो जीतको आधार हुन् ।’ बस्नेतले थपे, ‘राजनीतिमा नचाहँदा नचाहँदै पनि गुट उपगुटका कित्ता छुटिदो रहेछ, चुनावी मैदानमा उत्रदा सहजै अपेक्षाकृत पद नपाएपछि एउटा धारबाट उम्मेदवारी बन्नु उम्मेदवारको बाध्यता हो, यो बाध्यता मेरा लागि मात्र नभएर सबै उम्मेदवारका लागि हो । हामी पार्टीको आन्तरिक चुनावी मैदानमा छौँ, पदको आशा र अपेक्षा सबैको हुन्छ, उम्मेदवार बन्न पाउने ल्याकत सबैले राख्न पाउँछन् नै, यो प्रजातान्त्रिक अभ्यास हो । यही अभ्यासको दौडमा हामी छौँ । यही ‘रेस’ को एउटा धावक म पनि हुँ, म मेरा आत्मीय मित्र लालबहादुर गिरीसँग ‘रेस’ गर्दै छु । यो जित व्यक्तिको हुने छैन, सिङ्गो काङ्ग्रेसको जित हुनेछ । पार्टीका हरेक गतिविधिमा हाम्रो सहकार्य निरन्तर चलिरहनेछ ।’

May be an image of 3 people, people sitting, people standing and indoor

सालिन व्यक्तित्वका धनी बस्नेत गर्विलो चुनावी रेसका धावकका रुपमा यतिबेला मैदानमा छन् । दाङ जिल्लाका पुराना नेतादेखि युवा पुस्ताको समेत साथ पाएका बस्नेत पाटीृका लागि सदैव धरहरा बनेर उभिरहेका छन् । पार्टीका लागि हरेक क्षेत्रमा आफूलाई उपस्थित बनाउँदै आएका बस्नेत यतिबेला नेतृत्व लिएर पार्टीको जिम्मेवारी सम्हाल्न तम्सिएका छन् । निरन्तरता बस्नेतको विशेषता हो । सदैव हरेक क्षेत्रमा सक्रिय भइरहने बस्नेत सबैका प्रिय पात्र पनि हुन् ।

May be an image of 9 people, people sitting, people standing, outdoors and tree

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्