जबरालाई नेपाल बार र सर्वोच्च बारको जवाफ : तपाईंसँग वार्ता हुँदैन – Kanika Khabar
Friday, May 17Nepali News Portal

जबरालाई नेपाल बार र सर्वोच्च बारको जवाफ : तपाईंसँग वार्ता हुँदैन

    मा प्रकाशित

कार्तिक २९, काठमाडौँ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेको वार्ताको प्रसतावलाई बार एशोसिएसनले अस्वीकार गरेको छ । जबराले सोमबार बिज्ञप्ति जारी गर्दै वार्ताका लागि कानुन ब्यवसायिहरुलाई आह्वान गरेका थिए । तर बारले भने उनको वार्ता प्रस्तावलाई अस्वीकार गरिदिएको हो ।

वार्तामा नबस्ने निर्णय लिएको बारले प्रधानन्यायाधीशको राजीनामा मात्रै आफ्नो एकल सर्त रहेको जनाएको छ । ‘तपाईसँग वार्ता हुन सक्दैन, राजीनामा दिनुस्,’बारका अध्यक्ष चण्डेश्श्वर ढकालले भने । कानुन व्यवसायिहरु जबराको राजीनामा माग गर्दै आन्दोलनमा छन् ।
अध्यक्ष श्रेष्ठले राणालाई विकृति र भ्रष्टाचारीको प्रवक्ता र पक्षपोषण गर्न नेतृत्वमा नपठाएको जनाउँदै भने, ‘हामीसँग बार्तामा नआएर भ्रम छर्न विज्ञप्ति बाँडिएको छ । हामी यसको लिखित रुपमा जवाफ दिन्छौं । वार्ता होइन राणासँग राजीनामाको मात्रै विकल्प छ ।’

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले राणाले जारी गरेको वक्तव्यप्रति ध्यानाकर्षण भएको जनाए । तर उनले आह्वान गरेको वार्तामा नबस्ने उनले बताए ।

‘अफिसमुनिको आन्दोलनलाई वक्तव्य जारी गरिएको छ । वक्तव्यको जवाफ वक्तव्यमै दिन्छौं । उहासँग वार्ताको कुरै हुँदैन । अवको वार्ता भनेको उहाँपछि आउने नेतृत्वसँग न्यायालय सुधारका लागि हुन्छ’, उनले भने ।

जबराको राजीनामा माग्दै १४ कात्तिकदेखि आन्दोलित बारको आन्दोलन आइतबारदेखि देशव्यापी भइसकेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्