स्वास्थ्य मन्त्रालयका ५ जना कर्मचारी १२ औँ तहमा बढुवाका लागि सिफारिस – Kanika Khabar
Friday, May 17Nepali News Portal

स्वास्थ्य मन्त्रालयका ५ जना कर्मचारी १२ औँ तहमा बढुवाका लागि सिफारिस

    मा प्रकाशित

कार्तिक ३०, दाङ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतका पाँच जना कर्मचारी १२औँ तहमा बढुवाका लागि सिफारिस भएका छन् । हिजो बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको हो ।

कार्य सम्पादन र दुर्गम बसेको आधारमा मूल्याङ्कन गर्दै समितिले पहिलो नम्बरमा भेरी अस्पतालका पूर्व निर्देशक डा. श्यामसुन्दर यादव, दोस्रो नम्बरमा बालरोग विशेषज्ञ डा. श्रीकृष्ण श्रेष्ठ, तेस्रो नम्बरमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख डा. भीमसिंह तिंकरी, चौथो नम्बरमा थापाथली प्रसुति गृहकी निर्देशक डा. संगीता मिश्रा र पाँचौं नम्बरमा स्वास्थ्य मन्त्रालय अन्तर्गत नीति योजना महाशाखाका प्रमुख डा. गुणराज लोहनीलाई सिफारिस गरेको हो ।

समितिले सिफारिस गरेका नाम मन्त्रिपरिषद्मा पठाइने छ । मन्त्रिपरिषदले पाँच जना मध्ये तीन जनालाई १२औं तह(प्रमुख विशेषज्ञ)मा बढुवा गर्नेछ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्