होमियोप्याथी औषधि भक्तपुरमा निःशुल्क वितरण – Kanika Khabar
Thursday, May 21Nepali News Portal

होमियोप्याथी औषधि भक्तपुरमा निःशुल्क वितरण

    मा प्रकाशित

कनिका डेस्क
जेठ २९, दाङ

भक्तपुरमा कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै मानिसमा रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन होमियोप्याथी औषधि वितरण सुरु गरिएको छ । भक्तपुर होमियोप्याथिक मेडिकल कलेज एवं क्लिनिकले कोरोना भाइरस विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने ‘आर्सेनिकम अल्बम ३० सी’ नामक होमियोप्याथी औषधि निःशुल्क वितरण गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति लिएर देशव्यापीरूपमा ‘आर्सेनिकम अल्बम ३० सी’ नामक औषधि वितरण शुरु गरेको भक्तपुर होमियोप्याथिक मेडिकल कलेज एवं क्लिनिकका अध्यक्ष रवीन्द्र पुरीले बताउनुभयो । भक्तपुर होमियोप्याथिक मेडिकल कलेज, पशुपति होमियोप्याथिक अस्पताल पाटन, अखिल नेपाल होमियोप्याथिक एशोसिएसन काठमाडौँ, होमियोप्याथी फाउण्डेशन नेपाल भक्तपुर, नेपाल होमियोप्याथिक चिकित्सक सङ्घ विराटनगर, एशियन होमियोप्याथिक मेडिकल लिग काठमाडौँ, नेपाल राष्ट्रिय मारवाडी परिषद् काठमाडौँ, मारवाडी सेवा समिति नेपाल काठमाडाँै र नेपाल होमियोप्याथिक हेल्थ अर्गनाइजेशन भक्तपुरले संयुक्तरूपमा औषधि वितरण गर्न थालेका छ् ।

मन्त्रालयले गत वैशाख १७ गते कोभिड–१९ को रोकथामका लागि आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा पद्धतिसम्बन्धी मापदण्ड ल्याएपछि एक महिनामा १२ गोली खानुपर्ने औषधि वितरण शुरु भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्