थप १५० जना नेपाली कुवेतवाट आज आउँदै – Kanika Khabar
Sunday, April 27Nepali News Portal

थप १५० जना नेपाली कुवेतवाट आज आउँदै

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ३०, काठमाडौं ।

थप १५० जना कुवेतमा अलपत्र परेका नेपाली शुक्रवार काठमाडौं आउँदैछन् । प्राथमिकताका आधारमा शुक्रबार पुनः १५० जनालाई ल्याउन लागेको सरकारले बिहीबार ५ सय ३१ जना महिलालाई काठमाडौं ल्याएको थियो ।

नेपाली सेना विदेशबाट आउने नागरिकको व्यवस्थापनमा खटिइरहेको छ । नेपाली लिएर कुवेतबाट उडिसकेको विमान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेछ । त्यसपश्चात विमानस्थलबाट साझा यातायातको बसमा राखेर उनीहरुलाई उपत्यकामा तयार गरिएको होल्डिङ सेन्टरमा लगिनेछ । बिहीबार ल्याइएका ५३१ जनामध्ये दुई जना गर्भवती महिला छन् ।

उनीहरुमध्ये सम्बन्धित प्रदेशमा जान नसक्ने ४९ जनालाई छहारी होममा राखिएको छ भने १० जनालाई कोहिनुर होटलमा राखिएको छ । कोहिनुरको व्यवस्थापन स्वरोजगार महिला संघले गरेको हो ।

अन्य सबै महिला सम्बन्धित प्रदेशतर्फ पठाइएका छन् । त्यहाँ उनीहरुले १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ ।

विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई सरकारले २३ जेठबाट उद्दार गर्न सुरु गरेको छ । प्राथिमकताका आधारमा विदेशबाट नेपाली नागरिक ल्याउने गरी सरकारले तयारी गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्