भोलि शनिबार पनि बैंक खुला राख्न निर्देशन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भोलि शनिबार पनि बैंक खुला राख्न निर्देशन

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ३०, दाङ ।
८० दिनपछि खुकुलो बनेको लकडाउन बजारमा नेपाल राष्ट्र बैंकले भोलि शनिबार पनि बैंकहरु पुर्णकालिन रुपमा खुला राख्न निर्देशन दिएको छ ।
यस्तो निर्देशन दिंदै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले ३२ जेठसम्म शनिबार तथा सार्वजनिक विदामा समेत शाखा कार्यालयहरु खोल्न निर्देशन गरेको छ ।
बैंकसँगै क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत भोलि शनिबार खुला राष्ट्र बैंकले निर्दैशन गरेको छ ।

सरकारलाई तिर्नु पर्ने राजश्व तिर्न महिनाको अन्तिम दिन सार्वजनिक बिदा भए पनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकहरुलाई खुला राख्न निर्देशन दिने गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्