सरकारविरुद्ध प्रदर्शन – Kanika Khabar
Friday, April 26Nepali News Portal

सरकारविरुद्ध प्रदर्शन

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३०, दाङ
शुक्रबार पनि बुटवलमा सरकारविरुद्ध प्रदर्शन भएको छ । सरकारले कोराना भाइरसको संक्रमण रोकथाममा लापरवाहि गरेको र खर्चमा पारदर्शिता नभएको भन्दै नागरिकहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनकारीले सबै परीक्षण पीसीआर विधिबाट गर्नु पर्ने, बेसार पानी खाऊ भन्नुको सट्टा उपचार गर्नु पर्ने, खर्च भएको रकम पारदर्शी हुनु पर्ने माग गरेका छन् ।

प्रदर्शनमा उनीहरुले ‘१०० प्रतिशत पीसीआर लागु गर’, ‘असुरक्षित क्वारेन्टिन बन्द गर’, ‘नो पीसीआर, नुन, तेल, बेसार’, ‘खाएर बेसा हुँदैन कोरोनाको उपचार, चाहियो पीसीआर’, ‘कुर्सीमुनि कार्पेट, कार्पेटमुनि जनता ’ लगायतका नारा लगाएका थिए ।

पछिल्ला दिनहरुमा उपत्यका लगाएत देशका प्रमुख सहरहरुमा सरकारविरुद्ध प्रदर्शन हुने क्रम जारीरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्