अध्यक्षमा पराजित भएपछि कमल थापाले ज्ञानेन्द्र शाहप्रति आक्राेश पाेखे – Kanika Khabar
Sunday, May 19Nepali News Portal

अध्यक्षमा पराजित भएपछि कमल थापाले ज्ञानेन्द्र शाहप्रति आक्राेश पाेखे

    मा प्रकाशित

मंसिर १९, दाङ ।
राप्रपाकाे महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गरेका छन् । नतिजा सार्वजनिक भएकाे केही बेरमै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखी थापाले कटाक्ष रूपमा ज्ञानेन्द्र शाहलाई बधाई दिदै निर्मल निवासप्रति आक्राेश पाेखेका हुन् ।

प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै परिणामलाई सहजै स्विकार्दै नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना दिएका छन् ।

सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाएकाे कटाक्ष अभिव्यक्ति दिएका छन् ।
यस्ताे छ थापाकाे स्टाटस
प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना।
प्रतिकुल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु।
पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।
Congrats @GBBShah . Thank you
मैले राहत र उन्मुक्ति पाएको छु।
सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो।सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।
हार्दिक शुभ-कामना।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्