काेकाे हुन् त राप्रपाका विजयी पदाधिकारी ? – Kanika Khabar
Sunday, May 19Nepali News Portal

काेकाे हुन् त राप्रपाका विजयी पदाधिकारी ?

    मा प्रकाशित

काठमाडौँ,मंसिर १९ ।  राप्रपा अध्यक्षमा राजेन्द्र लिङदेन विजयी हुँदा उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् । उनी २ हजार ५२१ मत ल्याई विजयी भएका हुन् ।

यसैगरी, ध्रुवबहादुर प्रधान १ हजार ८१४ र बुद्धिमान तामाङ १ हजार ९४० मत ल्याई उपाध्यक्षमा निर्वाचित भए ।

यस्तै, महिला उपाध्यक्षमा १ हजार ५८१ मत प्राप्त गर्दै रोशन कार्की विजयी भइन् । महामन्त्रीमै २ हजार २२१ म्त प्राप्त गर्दै धवलशमशेर राणा, १ हजार ७०५ मत ल्याई भुवन पाठक पनि निर्वाचित भए ।

महिलातर्फको महामन्त्रीमा कुन्ती शाही २ हजार ८ मत प्राप्त गर्दै विजयी भइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्