दाङमा बसले ठक्कर दिंदा एक साइकल यात्रुकाे मृत्युु – Kanika Khabar
Sunday, May 19Nepali News Portal

दाङमा बसले ठक्कर दिंदा एक साइकल यात्रुकाे मृत्युु

    मा प्रकाशित

मंसिर १९, दाङ ।      दाङमा बसले ठक्कर दिदा एक जना साइकल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा न. ६ बनघुस्री बस्ने ५५ वर्षीय रामचरण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

आइतबार बिहान ६ बजे पुर्व पश्चिम राजमार्ग अन्र्तगत बन्गै जंगलमा पश्चिमबाट पुर्व जादैगरेको रा १ ख १७७७ नम्बरको बसले ठक्कर दिएकोे थियो । बसको ठक्करबाट घाइते हुनु भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा आज बिहान ७ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने बस र चालकलाई भने नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्