सशस्त्र प्रहरी र भारतीय नागरिकबीच सर्लाहीको सीमावर्ती क्षेत्रमा झडप – Kanika Khabar
Thursday, December 3Nepali News Portal

सशस्त्र प्रहरी र भारतीय नागरिकबीच सर्लाहीको सीमावर्ती क्षेत्रमा झडप


    मा प्रकाशित

सरकारविरुद्ध प्रदर्शन
कनिका डेस्क
जेठ ३०, दाङ
सशस्त्र प्रहरी र भारतीय नागरिकबीच सर्लाहीको सीमावर्ती क्षेत्रमा नेपालतर्फ आएर प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि झडप भएको छ । सो झडपमा एकको मृत्यू र ३ जना घाइते भएको छ । मृत्यु हुनेको व्यक्तिको परिचय खुल्न नसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।
घाइतेमध्ये एकको अवस्था गम्भीर र २ जनाको अवस्था समान्य रहेको प्रमुख जिल्ला अधिकारी जिसिले बताए ।
केही भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोज्दा ति व्यक्तिलाई सोधपुछको लागि रोकेपछि सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको हो ।

पर्सा गाउँपालिका वडा नम्बर ३ स्थित नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो ।
त्यसक्रममा भएको झडपमा परी भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक पनि खोस्ने प्रयास गरेका थिए । सशस्त्र प्रहरीसँग निहुँ खोज्दै भारतीय नागरिकले बन्दुक खोस्ने प्रयास गरेपछि झडप भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्