नगरप्रमुख मलासीको स्वासप्रस्वासमा समस्या, उपचारार्थ काठमाडौं लगियो – Kanika Khabar
Sunday, April 27Nepali News Portal

नगरप्रमुख मलासीको स्वासप्रस्वासमा समस्या, उपचारार्थ काठमाडौं लगियो

    मा प्रकाशित

रासस
डोटी,जेठ ३०

दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको स्वासप्रस्वासमा समस्या आएपछि उपचारार्थ नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

उनी भारतबाट फर्किएका नागरिकलाई क्वारेन्टिन राख्न सक्रिय हुँदै आएका थिइन्। उनलाई एक हप्ताअघिदेखि स्वासप्रस्वासमा समस्या आएको उनका परिवारले जनाएका छन्। अर्धचेत अवस्थामै उनलाई आज बिहान काठमाडौं लगिएको बताइएको छ।

चिकित्सकको सल्लाहअनुसार घरमा आराम गरिरहेकी नगरप्रमुख मलासीलाई बिहीबार राति एकाएक स्वासप्रस्वासमा निकै समस्या आएपछि काठमाडौं लगिएको उनका स्वकीय सचिव रवीन्द्र जोशीले बताए।

उनले भनिन्, ‘क्वारेन्टिन व्यवस्थापन गर्ने क्रममा उहाँलाई समस्या देखिएको थियो, धनगढी गएर उपचार गर्दा चिकित्सकले आराम गर्न सल्लाह दिएका थिए, गएराति एकाएक स्वास्थ्यमा समस्या आएपछि उहाँलाई आज काठमाडौं लगिएको हो।’

नगर प्रमुख मलासी उच्च रक्तचापसम्बन्धी औषधि सेवन गर्दै आएका उनका श्रीमान् कृष्ण मलासीले जानकारी दिए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्