रुपकले गरे तीन लाख बढी घरभाडा छुट – Kanika Khabar
Sunday, October 11Nepali News Portal

रुपकले गरे तीन लाख बढी घरभाडा छुट

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख ११, दाङ ।
घोराहीका युवा व्यवसाय रुपक थापाले भाडामा रहेका आफ्ना चारवटा घर र एउटा फर्मको भाडा ३ लाख १० हजार रुपैयाँ नलिने घोषणा गरेका छन् । लकडाउनका कारण व्यवसाय ठप्प रहेका कारण यो अवधिमा भाडामा रहेका कुनै पनि घरको भाडा नलिने थापाले बताए । घोराहीमा रहेको थ्रि स्टार होटेलको एक महिनाको भाडा एक लाख ५० हजार रुपैयाँ छुट दिने थापाले वताए । यसैगरी घोराही सर्रामा रहेको कुखुरा फर्मको साढे दुई महिनाको भाडा १ लाख रुपैयाँ छुट गर्ने उनले बताए । यसैगरी घोराही तुलसीपुर चोकमा रहेको घरको एक महिनाको भाडा ४५ हजार गोग्ली स्थित अर्को घरको एक महिनाको भाडा १५ हजार रुपैयाँ गरी कुल ३ लाख १० हजार रुपैयाँ भाडा छुट गर्ने थापाको भनाई छ ।

एक महिने लकडाउनका कारण अहिले व्यापार व्यवसाय ठप्प छ । यसर्थ आफूले यो अवधिमा घर भाडामा लिएकाहरुसँग भाडा नलिने निर्णय लिएको थापाले बताए । ‘कोरोना संक्रमणका कारण विश्व त्रस्त बनिरहेका बेला मैले गरेको यो सानो सहयोगले पनि घर भाडामा लिएकाहरुलाई केही राहत मिल्ने महसुस गरेको छु,’ उनले भने ।

त्यसो त, सरकारले समेत लकडाउन अवधिको घर भाडा नलिन घरधनीहरुलाई आग्रह गरेको छ । थापाले सरकारको यो आग्रहलाई स्वीकार गरेर भाडा छुट दिने निर्णय लिएको पनि बताए । ‘जताततै व्यापार व्यवसाय चौपट भैरहेको बेला मैले भाडा छुट दिने निर्णय गर्नु नेपाली नागरिक हुनुको मेरो कर्तव्य पनि हो ,’ उनले भने ‘सरकारले समेत भाडा नलिन भनिरहेका बेला मैले सरकारको यो भनाईको अनुसरण गरेको पनि हो ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्