कनिका डेस्क
जेठ ३०, दाङ ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनमाथि दुव्र्यवहार गरिएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाले अध्यक्ष प्रियासनमाथि भएको दुव्र्यवहार घट्नाको सत्यतथ्य छानविन गरेर दोषीलाई कारवार्ही गर्न माग गरिएको छ । घोराही—१५ न्युरोड निवासी साजन भण्डारीलगायत केही युवाले अध्यक्ष प्रियासनमाथि दुव्र्यवहार गरेका भन्दै उक्त घट्नाको छानविन गरेर दोषीलाई कारवाही गर्न महासंघले आग्रह गरेको हो ।
महासंघका सचिव भुपेन्द्र वलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अध्यक्ष प्रियासनमाथिको दुव्र्यवहार सिंगो दाङको पत्रकारितामाथिको आक्रमण भएको भन्दै भ्रत्सना समेत गरिएको छ । जेठ २९ गते घोराही —१४ सहिद लखनपार्क नजिक महासंघ, दाङ शाखाका अध्यक्ष प्रियासनमाथि दुव्र्यवहार भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्थानीयले टिप्पर रोकेको सन्दर्भमा पत्रकार सम्मेलन भएकाले आईदिन आग्रह गरेपछि अध्यक्ष प्रियासन आफ्नो जिम्मेवारीलाई मध्यनजर गर्दै सो स्थानमा पुगेका थिए । अध्यक्ष प्रियासनले सहमति कायम गर्ने प्रयास गर्दा घोराही—१५ न्युरोड निवासी भण्डारीलगायत युवाले अराजकतापूर्ण तरिकाले दुव्र्यवहार गरेका हुन् । यसरी दुव्र्यवहार गर्दा पनि जिम्मेवारीबोध गरेर आफ्नो काममा फर्किएका अध्यक्षलाई त्यसपछि पुनः घोराही उपमहानगरपालिका— १५ का अध्यक्ष रमेश पाण्डेले स्थानीय र टिप्पर सञ्चालकबिच सहमति कायम गराउनका लागि आएर समन्वय गरिदिन आग्रह गरेपछि उनी फेरि सो स्थानमा पुगेका थिए ।
सो क्रममा स्थानीयसँग सौहाद्रतापूर्वक छलफल चलिरहेको सन्दर्भमा पुनः निज साजन भण्डारी लगायतका युवाले अध्यक्षको मोटरसाइकलको चाबी खोसेर हातपात समेत गरेका थिए । यति हुँदासम्म पनि संयमता अपनाएका अध्यक्ष तथा सम्पूर्ण सञ्चारजगतको चरित्र हत्या गर्ने उद्देश्यले हिजो राति निज साजन भण्डारीलगायतका युवाले सामाजिक सञ्जालमा विभिन्न भिडियो राखेर सम्पूर्ण सञ्चारकर्मीको नै चरित्रहत्या गर्ने प्रयास गरेका थिए ।
‘आफनो संस्थागत जिम्मेवारी अनुसार काममा खटिएका अध्यक्षमाथि केही अराजक युवाहरुको तर्फबाट भएको यस किसिमको दुव्र्यवहारप्रति गम्भीर आपति प्रकट गर्दै दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।