काङ्ग्रेस महाधिवेशन : सकियाे मनाेनयन दर्ता, १३ पदाधिकारीका लागि ३८ जनाकाे उम्मेदवारी – Kanika Khabar
Friday, May 17Nepali News Portal

काङ्ग्रेस महाधिवेशन : सकियाे मनाेनयन दर्ता, १३ पदाधिकारीका लागि ३८ जनाकाे उम्मेदवारी

    मा प्रकाशित

कनिका डेस्क
२५ मंसिर, काठमाडौं ।

काठमाडौँ– नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत मनोनयन दर्ता समय सकिएको छ । आज शनिबार बिहान ११ बजेपछि साँझ ५ बजेसम्म मनाेनयन दर्ता गरिएकाे हाे ।
काङ्ग्रेसमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १३४ सदस्य पदका लागि निर्वाचन हुन थालेकाे हाे ।

मनोनयनका लागि दिएको समयमा सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् ।

उपसभापतिमा पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, धनराज गुरुङ, चन्द्र भण्डारी, महेश आचार्य, दिव्यश्वरी साह र सुजाता कोइरालाले उम्मेदवारी दिएका छन् ।

यसैगरी महामन्त्री प्रकाशशरण महत, प्रदीप पौडेल, मिनेन्द्र रिजाल, गगनकुमार थापा, विश्वप्रकाश शर्मा र राजाराम कार्कीले उम्मेदवारी दिएका छन् ।

सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, सुरेन्द्रप्रसाद चौधरी, देवराज चालिसे, रञ्जित कर्ण, रामकृष्ण यादव, कमल पन्त, तेजुलाल चौधरी, किशोरसिंह राठोर, विकास लामा, जीवन परियार, गंगा सुनार, महेन्द्र यादव, भिष्मराज आङ्दम्बे, जीवनबहादुर शाही, चेतराज बजाल, शेष वकिल र उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गरेका छन् ।                     

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्