काङ्ग्रेस महाधिवेशन : ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने, १२ बजे अन्तिम नामावली प्रकाशन – Kanika Khabar
Friday, May 17Nepali News Portal

काङ्ग्रेस महाधिवेशन : ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने, १२ बजे अन्तिम नामावली प्रकाशन

    मा प्रकाशित

कनिका डेस्क
मंसिर २६, दाङ ।
नेपाली कांग्रेसको जारी महाधिवेशनमा हिजाे शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आज आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ । आज ११ बजेसम्म उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

आज मध्याह्न सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ ।

काङ्ग्रेस निर्वाचन समितिले शनिबार राति उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिसकेको छ । जसअनुसार १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ । सभापतिमा मात्र ६ जनाको उम्मेदवारी परेको छ ।

 

भाेलि सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ । राष्ट्रियसभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डप गरी तीन स्थानमा मतदानको व्यवस्था मिलाइने जनाइएको छ । मतदान मतपत्र मार्फत गर्नु पर्ने छ । विद्युतीय मतदानको व्यवस्था गर्ने भनिएको भए पनि हुन नसकेको कांग्रेसले जनाएको छ । मतदानका लागि एक जनालाई ४५ मिनेट भन्दा बढी समय लाग्ने अनुमान गरिएको छ ।

महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ७४३ रहेको निर्वाचन समितिले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्