सिसिएमसीलाई शक्तिशाली बनाइयो – Kanika Khabar
Friday, April 19Nepali News Portal

सिसिएमसीलाई शक्तिशाली बनाइयो

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ३०, दाङ ।
सरकारले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई शक्तिशाली बनाएको छ । कोरोना संक्रमण नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई निष्क्रिय बनाएर सिसिएमसीलाई शक्तिशाली बनाएको हो । दुवै संयन्त्रको नेतृत्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरलले नै गरेका थिए ।

मन्त्रिपरिषद्मा केही मन्त्रीले कोभिड १९ विरुद्धको लडाइँमा धेरै संयन्त्र खडा गर्दा काममा अलमल भएको भन्दै एउटै संयन्त्रबाट काम गर्न उपयुक्त हुने बताएका थिए । मन्त्रिपरिषदको पछिल्लो बैठकले सीसीएमसीमा चारजना मन्त्री थपेर सोही संयन्त्रलाई बलियो बनाएको हो । कृषिमन्त्री घनश्याम भुसाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटन मन्त्री योगेश भट्टराई र उर्जामन्त्री वर्षमान पुन थपिएका हुन् । यसअघि उपप्रधानमन्त्री पोखरेलसहित गृहमन्त्री रामवहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, संघीय मामिला मन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र अर्थमन्त्री डा.युवराज खतिवडा थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्