तेस्रो वडा अध्यक्ष कप फुटबलको उपाधि कचिलालाई – Kanika Khabar
Friday, May 17Nepali News Portal

तेस्रो वडा अध्यक्ष कप फुटबलको उपाधि कचिलालाई

    मा प्रकाशित

लक्ष्मण बस्नेत
२९ मङ्सिर दाङ ।
दाङ तुलसिपुर १२ हरिपौरामा संचालित तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७८ को उपाधी कचिला युवा क्लबले जितेको छ ।
डबरा टोल बिकास संस्था तुलसिपुर १२ हरिपौराको आयोजना तथा तुलसिपुर उपमहानगरपालिका वडा न १२ को आर्थिक सहयोगमा पशुपती माबी हरिपौरा खेलमैदानमा संचालित प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेलमा कचिली युवा क्लब बि लाई दुई का विरुद्ध तीन गोलको अन्तरले पराजित गर्दै कचिलाले उपाधी जितेको हो । उपाधी संगै उसले नगद पचास हजार,कप,मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाईनलमा सम्मानजक पराजय ब्यहोरेको कचिली उपबिजेतामा सिमित रहदै नगद पैतिस हजार,कप,मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै टरिगाउ युवा क्लबले तृतिय स्थान हासिल गर्दै नगद पच्चीस हजार, कप,मेडल प्रमाणपत्र हात पार्‍यो । यसैबिच प्रतियोगिताको समापन समारोह आयोजक टोल बिकास संस्थाका सचिव खगेन्द्र अधिकारीको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा न १२ का अध्यक्ष सुर्य बहादुर डागी श्यामको प्रमुख आतिथ्य एवं तुलसिपुर बहुप्राबिधिक शिक्षालयका प्रमुख वसन्त आचार्यको बिशिस्ट आतिथ्यमा भएको थियो । सो अबसरमा प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फको उत्कृष्ट खेलाडीको उपाधी हात पार्ने कचिला युवा क्लबका मनराज मगर र उत्कृष्ट गोल रक्षकको उपाधी हात पार्ने कचिलाकै नारायण मगर लाई नगद जनही २५ सय रुपैया तथा ट्रफी प्रदान गरिएको थियो । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।
स्थानीय स्तरमा फुटबल खेलको पहुच अभिवृद्धि संगै खेलाडीको पहिचान गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा वडा भित्र स्थापित १० टिम को सहभागिता रहेको थियो ।
प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरी शर्मा, खुम बहादुर ओलि र सुरेश मगर रहनु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्