मौलापुर नगरपालिकाका मेडिकल अधिकृत बर्खास्त – Kanika Khabar
Thursday, April 16Nepali News Portal

मौलापुर नगरपालिकाका मेडिकल अधिकृत बर्खास्त

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ३०, रौतहट
कोरोना भाइरस सङक्रमणको बेला जिम्मेवारीपूर्ण कार्यसम्पादन नगरेको भन्दै रौतहटको मौलापुर नगरपालिकाले मेडिकल अधिकृतलाई बर्खास्त गरेको छ ।

मौलापुर नगरपालिकाको पतौरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. हरिशंकर प्रसादलाई सेवाबाट बर्खास्त गरेको हो । कोरोना सङक्रमण बढी रहेका बेला नगरपालिकाले निर्माण गरेको क्वारेन्टानमा बसेकालाई चेकजाँच गर्न कुनै चासो नदिएको र नगरपालिकामा स्वास्थ्यको अवस्था कमजोर बन्दै जाँदा पनि काम गर्न नसकेका कारण उहाँलाई सेवाबाट हटाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले बताउनुभयो ।

प्रशासकीय अधिकृत साहका अनुसार उहाँको करार अवधि असार मसान्तमा सकिँदै थियो । तीन महिनाअघि मात्रै उहाँलाई मेडिकल अधिकृतको रुपमा नगरपालिकाले करारमा नियुक्ति गरेको उहाँले बताउनुभयो । रौतहटमा पाँच सय ३१ जनामा कोरोना सङक्रमण पुष्टि भइसकेको छ भने एक सय दुइ जना निको भएर घर फर्किएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्