असिना पानीले तरकारी नष्ट गरेपछि भक्तपुरका किसान चिन्तित – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

असिना पानीले तरकारी नष्ट गरेपछि भक्तपुरका किसान चिन्तित

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ३०, भक्तपुर
हावाहुरी र असिना पानीले तरकारी नष्ट गरेपछि भक्तपुरका किसान चिन्तित बनेका छन् । रोपाइका लागि पानी पर्दा खुसि देखिएका किसान पानीसँगै हावा हुरी र असिना पर्दा नगदेवाली सबै नष्ट भएपछि दुःखी भएका हुन । हावाहुरीले किसानले लगाएको टनेल खेती उठाएको छ । बाली नाली बिगारेको छ । मकैंका बोट पनि सबै भाचिएका छन् ।

गोलभेडा र तरकारी बारीका अधिकांश टनने हावाले उडाएका छन् । बेमौसमी तरकारी बारीमा समेत नोक्सानी गरेको प्रगतिशल कृषक समूह भक्तपुरका गणेशराम सुवालले जानकारी दिनुभयो । व्यवसायिक कृषकको कृषी उद्योगमा परेको असिना पानी र हावाले ध्वस्त बनाएको र यसबाट लाखौ घाटा लागेको किसानको गूनासो छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्