भारतमा संक्रमित हुनेको संख्या दुइ लाख ९८ हजार नाघ्यो – Kanika Khabar
Thursday, April 30Nepali News Portal

भारतमा संक्रमित हुनेको संख्या दुइ लाख ९८ हजार नाघ्यो

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३०, दाङ
कोभिड–१९ का कारण भारतमा संक्रमित हुनेको संख्या दुइ लाख ९८ हजार नाघेको छ । अमेरिकी विश्व विद्यालय जोन्स हपकिन्सका अनुसार भारत कोरोना संक्रमितको हिसाबले विश्वकै चौथो प्रभावित मुलुक बनेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा गत २४ घण्टाको अवधिमा हालसम्मकै धेरै १० हजार चार सयभन्दा बढी नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या दुई लाख ९७ हजार पाँच सय ३५ संक्रमित फेला परेका छन् । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आठ हजार चार सय ९८ पुगेको छ । भारतको महाराष्ट्रमा मात्रै ९७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

हालसम्म भारतमा कोरोना भाइरसका कारण एक लाख ४७ हजार एक सय ९५ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्