संक्रमितको संख्या दुई सयभन्दा बढि रहेको जिल्लामा लकडाउन यथावत् – Kanika Khabar
Thursday, April 18Nepali News Portal

संक्रमितको संख्या दुई सयभन्दा बढि रहेको जिल्लामा लकडाउन यथावत्

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३१, दाङ

सरकारले बन्दाबन्दीलाई खुकुलो पारे पनि चार जिल्लामा भने बन्दाबन्दी यथावत् रहने भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार दुई सयभन्दा बढीमा कोरोना संक्रमण भएको जिल्लामा बन्दाबन्दी गर्ने भनिएको छ ।
यसै अनुसार सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखमा बन्दाबन्दी खुकुलो हुने छैन । यी चारवटै जिल्लामा संक्रमण संख्या दुईसय भन्दा बढी छ । सर्लाहीमा चार सय ७१, रौतहटमा ६ सय १७, कपिलवस्तुमा तीन सय ५३, र दैलेखमा चार सय ४३ जना संक्रमित छन् ।
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा अर्को मापदण्ड जारी नभइन्जेल बन्दाबन्दी पहिलेकै अवस्थामा लागू हुने सीआइएनसँग बताउनुभयो । झण्डै तीन महिनापछि बन्दाबन्दीलाई पहिलो चरणमा खुकुलो गरिएसँगै मन्त्रालयले संक्रमण जोखिमलाई लक्षित गर्दै नयाँ मापदण्ड जारी गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्