सङ्क्रमण फैलनेगरी आन्दोलन नगर्न सरकारको आग्रह – Kanika Khabar
Tuesday, June 6Nepali News Portal

सङ्क्रमण फैलनेगरी आन्दोलन नगर्न सरकारको आग्रह

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३१, दाङ

स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा असन्तुष्टि जनाउँदै मुलुकभरमा भइरहेको प्रदर्शन रोक्न कोभिड १९ संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिले अनुरोध गरेको छ । पीसीआर परीक्षणको दायरा बढाउने निर्णय भइसकेको भन्दै क्वारेन्टाइन पनि सुधार गर्दै जाने निर्णय हिजो बसेको समितिको बैठकले गरेको हो ।

भीडभाड तथा प्रदर्शन रोक्न पनि आग्रह गर्ने निर्णय भएको समितिका सदस्य, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । आन्दोलनको क्रममा उठाइएका मागका बारेमा चाँडै नै अनुसन्धान गरी सार्वजनिक गर्ने समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिबद्धता जनाउनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्