गिरीको संशोधन प्रस्ताव नै अस्वीकृत हुन सक्ने – Kanika Khabar
Thursday, March 28Nepali News Portal

गिरीको संशोधन प्रस्ताव नै अस्वीकृत हुन सक्ने

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३१, दाङ ।
आज संसदमा नक्सा सम्बन्धी संविधान संशोधन विधेयक पारित हुने निश्चित प्रायः भएको छ । यसैबिच समाजवादी पार्टीकी सांसद सरिता गिरीले भने सरकारले ल्याएको नयाँ नक्सा अनुसार संविधानको निशान छाप परिवर्तन गर्न नहुने भन्दै संशोधन प्रस्ताव दर्ता गरेकी छन् ।
तर, प्रतिनिधिसभा नियमावली २०७५ को दफा ११२ कम कुनै पनि विधेयकमा संशोधन दर्ता गराउन ‘विधेयकमा निहित सिद्धान्तको विपरीत हुन नहुने’ र ‘अस्पष्ट वा निरर्थक हुन नहुने’ उल्लेख छ । यही दफा बमोजिम संविधान संशोधनलाई नै खारेज गर्नुपर्ने गिरीको प्रस्ताव अस्वीकृत गर्न सक्नेछन् ।
यता पार्टीले विधेयकको पक्षमा मतदान गर्ने निणर्य गरिसकेको छ । पार्टीको नीति विपरीत गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी हुन् । गिरीले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको केही घण्टामै समाजवादी पार्टीले सांसद गिरीलाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो । तर, गिरीले अझैं आफ्नो संशोधन फिर्ता लिएकी छैनन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्